सानिमा बैंकले ल्यायो ग्रीन पिन सुविधा

२७ जेष्ठ २०७९, शुक्रबार १२:२४

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यका साथ ग्रीन पिन संचालमा ल्याएको छ । ग्रीन पिन कार्डहरुलाई बनाइएको बनाइएको कागजबिहिन पिन हो ।

ग्राहकहरुले बैंक खातामा राखिएको मोबाइल नम्बरमा प्राप्त एसएमएसद्धारा पाएको कोडबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डको पिन परिवर्तन गर्न सकिनेछ । साथै कोड पाएको २४ घण्टाभित्र एटिएममा गएर पिन परितर्वन गरिनुपर्ने बैंकले जनाएको छ ।

बैकका अनुसार ग्रीन पिनको मुख्य उद्देश्य डिजिटल बैंकिङ्गलाई अझ सहज, सरल र सुरक्षितका साथ सुविधायुक्त बनाउनु हो । साथै कागजी पिनलाई निरुत्साहित गर्नु हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*