अढाई वर्षपछि आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा

२७ जेष्ठ २०७९, शुक्रबार १२:४२

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज (जेठ २७) गतेदेखि सो कम्पनीको शेयर कारोबारमा सुचारु गरेको हो ।

करिब ३० महिना शेयर कारोबार रोक्का रहेको लघुवित्तको शेयर आजदेखि कारोबारमा आएको छ । लगानीकर्ताहरुले सो कम्पनीको शेयर आजैदेखि खरिदबिक्री गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले जेठ २४ गते सो कम्पनीको शेयर कारोबार फुुकुवा गर्न अनुमति दिदै पत्र पठाएको थियो । सोही अनुसार लघुवित्तले नेप्सेमार्फत दर्ता गराएपछि नेप्सले आजदेखि शेयर फुकुवा गरिदिएको हो ।

धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने भनेसँगै कम्पनीको २०७६ साल पुष २ गतेदेखि शेयर कारोबार रोक्का रहेको थियो । बीचमा यी दुईको मर्जर भाँडिएको थियो । मर्जर भाडिएपनि शेयर कारोबार भने रोक्का नै रहेको थियो । ३० महिनापछि लघुवित्तका शेयर आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सूचारु भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*