नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर केहीबेरमा हुँदै

२७ जेष्ठ २०७९, शुक्रबार १४:५६

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच हुन लागेको मर्जर सम्झौता अहिले केहीबेरमा हुने भएको छ । अहिले केहीबेरमा दुई बैंकका मर्जर कमिटी र अध्यक्षहरुका बीचमा सम्झौता हुने जनाइएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा दुवै बैंकका सञ्चालकहरु भेला भइसकेका छन् । केही बेरमा मर्जर सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।

लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंकबीच मर्जर सम्झौता हुन लागेको नेपाल इन्भेष्टमेन्ट बैंक सम्बद्ध एक सञ्चालकले बीमापोष्टलाई जानकारी दिए । । मर्जरपछि बैंकको नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्न प्रारम्भिक सहमति भइसकेको छ । बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत इन्भेष्टमेन्ट बैंककै क्रमशः पृथ्वीबहादुर पाण्डे र ज्योतिप्रकाश पाण्डे रहने छन् । तत्कालिन समयमा एमालेका सयौं नेता कार्यकर्ताहरुले शेयर लगानी गरेर स्थापना गरेको मेगा बैंकमा पार्टी फुटेपछि लगानीकर्ताहरु पनि बाँडिएका थिए ।

इन्भेष्टमेन्ट बैंकको ९० कित्ता शेयर बराबर मेगा बैंकको सय कित्ता शेयरको अनुमातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको जनाइएको छ । विस्तृत विवरण केहीबेरमा सार्वजनिक हुनेछ ।

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ सहित कूल ३४ अर्ब ६४ करोड भन्दा बढि हुनेछ । मर्जरपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*