शेयरमूल्य ह्वात्तै घटेसँगै बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२७ जेष्ठ २०७९, शुक्रबार १५:०६

काठमाडौं । शुक्रबार शेयरबजार दोहोरो अंकले घटेको छ । बुधबार एकाएक सुधार देखिएको शेयरबजार फेरी ओरालोतर्फ मोडिन पुगेको हो ।

आज शेयरबजारमा एक अर्बको कारोबार समेत हुन सकेन । नेपाल धितोपत्र बोर्डले नेपाल सरकारको निर्णय पालना गर्दै जेठदेखि लागू हुनेगरी आइतबार शेयरबजार बन्द गरेको थियो । जेठको पहिलो शुक्रबार पनि पुँजीबजारमा एक अर्बभन्दा तल कारोबार सीमित रहेको थियो ।

नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय कम्पनी तथा बीमा कम्पनीहरु भटाभट मर्जरको प्रक्रियामा जान थालेकाले पनि यसको प्रभाव शेयरबजारमा देखिएको हो । मर्जरमा गएसँगै कम्पनीहरुको शेयर कारोबार रोक्का हुन जाँदा नेप्सेमा कारोबार खुम्चिँदै गएको हो ।

आज नेप्से १४ अंकले घटेर सूचकिृत २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंक लिमिटेडको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ५ करोड ५ लाख ४५ हजार १६८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड २४ लाख, मेगा बैंकको ३ करोड १८ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ३ करोड १२ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*