१४ अंकले घट्यो शेयरबजार, १३ उपसूचक राताम्य हुँदा एक अर्बको कारोबार पनि हुन सकेन

२७ जेष्ठ २०७९, शुक्रबार १५:१७

काठमाडौं । बजेटयता लगातार घटेको शेयरमार्केट शुक्रबार पनि दोहोरो अंकले घट्न पुगेको छ । जेठ २५ गते बुधबार एकाएक सुधार देखिएको नेप्से परिसूचक आज १४ अंकले घटेर इन्डेक्स २०४८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्से १४ अंकले घटेर सूचकिृत २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँको कारोबार भएको छ ।

आज शेयरबजारमा एक अर्बको कारोबार समेत हुन सकेन । नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय कम्पनी तथा बीमा कम्पनीहरु भटाभट मर्जरको प्रक्रियामा जान थालेकाले पनि यसको प्रभाव शेयरबजारमा देखिएको हो । मर्जरमा गएसँगै कम्पनीहरुको शेयर कारोबार रोक्का हुन जाँदा नेप्सेमा कारोबार खुम्चिँदै गएको हो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको खस्किएको छ । सो समूहको आज १००.८७ रुपैयाँले घट्न पुगेको छ । त्यस्तै, जीवन बीमा समूहको ६८.९४ रुपैयाँ, निर्जिबन बीमा समूहको ७९.५७ रुपैयाँले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*