शोधानान्तर स्थिति २८८ अर्ब घाटामा, चालु खाता कति ?

२७ जेष्ठ २०७९, शुक्रबार १५:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको आर्थिक वर्ष २०७८।०७९ को दश महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ ।

उक्त तथ्याङ्कअनुसार सो अवधिसम्ममा शोधानान्तर स्थिति २८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाख रुपैयाँले बचतमा रहेको शोधानान्तर स्थिति समिक्षा अवधिसम्ममा २ अबए ४१ कारोडले घाटामा रहेको छ ।

त्यस्तै, चालु आवको १० महिना अवधिसम्ममा चालु खाता ५४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिक डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समिक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*