जेठ महिनामा ९ कम्पनीको २ करोड ३६ लाख कित्ता बोनस शेयर सूचीकृत

२८ जेष्ठ २०७९, शनिबार ०८:००

काठमाडौं । जेठ महिनामा ९ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यी कम्पनीहरुले आ–आफ्नै साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट बोनस शेयर सूचीकृत गराएको हो ।

जसमध्ये धेरै ५ वटा बीमा कम्पनी रहेका छन् भने २ लघुवित्त, एक फाइनान्स कम्पनी र एक व्यापार कम्पनी रहेको छ ।

बीमा कम्पनी
नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेशनल लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको बोनस शेयर जेठ महिनामा सूचीकृत भएको हो ।

नेपाल लाइफको जेठ २६ गते १४ प्रतिशत दरका १ करोड ७९ हजार ९५८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै नेशनल लाइफको जेठ ३ गते १९ प्रतिशत दरका ६४ लाख ४२ हजार ६८९ कित्ता, ज्योति लाइफको जेठ ३ गते नै १० प्रतिशत दरका २२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यस्तै, नेको इन्स्योरेन्सको जेठ जेठ १७ गते १५ प्रतिशत दरका २२ लाख ८२ हजार ४५० कित्ता र प्रुडेन्सिय इन्स्योरेन्सको जेठ १८ गते ७ प्रतिशत दरका ७ लाख ७५ हजार ९८२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

लघुवित्त संस्था
जेठ महिनाको हालसम्म दुई लघुवित्तको मात्रै बोनस शेयर सूचीकृत भएको छ । सर्पोट लुघवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै संस्थाबाट पारित भएको बोनस शेयर यो महिनामा सूचीकृत भएको हो ।

सर्पोट लघुवित्तले जेठ १७ गते ३० प्रतिशत दरका १ लाख ९८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो भने आरएसडिसी लघुवित्तले जेठ ११ गते १० प्रतिशत दरका ७ लाख ३१ हजार ९५९ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।

सेन्ट्रल फाइनान्स
सेन्ट्रल फाइनान्सले जेठ १० गते ७.७० प्रतिशत दरका ६ लाख ७८ हजार ३९७ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।

साल्ट ट्रेडिङ
साल्ट ट्रेडिङ कर्पोरेशनले जेठ १० गते साधारण सभाबाट पारित भएको १० प्रतिशत दरका २ लाख ३० हजार ४८२ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।

जेट महिनाको यस अवधिसम्म नेप्सेमा ७ कम्पनीको कुल २ करोड ३६ लाख ९ हजार ९१७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*