सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

२८ जेष्ठ २०७९, शनिबार ११:००

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अब छिट्टै ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ ।

बैंकले १० वर्ष अवधिको “१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर, २०८९“ को नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो ।

निष्कासन गरिने कुल ४० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*