प्राइम कमर्सियल बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

२९ जेष्ठ २०७९, आईतवार १०:५७

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।

प्रचलित नियमअनुसार उक्त शेयर पहिलो चरणमा संस्थापक शेयरधनीलाई बिक्री गर्नुपर्ने भएको कारण इच्छुक विद्यमान संस्थापक शेयरधनीहरले ३५ दिनभित्र के कति शेयर खरिद गर्न चाहाने हो विवरण खुलाई कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य जो कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*