नेपाल इन्स्योरेन्सको साधारण सभा भोलि, कति प्रतिशत लाभांश पाँउदैछन् शेयरधनीले ?

२९ जेष्ठ २०७९, आईतवार १५:५७

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा भोलि बोलाएको छ। सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र ०।५७८९ प्रतिशत नगद लाभांश गरि कुल ११।५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको बासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर समेत छलफल गरी पारित गर्नेछ ।

कम्पनीले चालु आ।वको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न, कम्पनीको अधिकृत पूँजी २ अर्ब बाट २।६ अर्ब पुराउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को क मा भएको अधिकृत पूँजी सम्बन्धी ब्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र संचालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण शेयरधनी समूहबाट २ जना संचालन निर्वाचन गर्ने कार्य सूचि समेत सभाको रहेको छ ।

कम्पनीले सभा प्रयोजन र लाभांश वितरणका लागि जेठ १७ गते देखि जेठ ३० गतेसम्म बुक क्लोज गरेको हुदाँ जेठ १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*