सिद्धार्थ बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र निष्कासनको गर्न दियो अनुमति

२९ जेष्ठ २०७९, आईतवार १६:०३

काठमार्डौं । सिद्धार्थ बैंकलाई नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बोर्डले सिद्धार्थ बैंकलाई ‘एसबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो ।

बोडको अनुमतिसँगै बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ । जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ ।

निष्कासन गरिने कुल ४० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०।७५ प्रतिशत ब्याज पाउनेछन् । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*