समृद्धि फाइनान्सद्धारा जेष्ठ नागरिकलाई सम्मान

२९ जेष्ठ २०७९, आईतवार १६:१४

काठमाडौं । समृद्धि फाइनान्सले पाँच शाखाबाट जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । एक कार्यक्रमका बीच उक्त कार्यक्रम गरिएको छ।

कार्यक्रममा ७० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । ५ वटै शाखाबाट करिब ३ सय जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशव राज जोशि, हेटौंडामा हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँ, पोखरामा कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेशका मन्त्रि विन्दु कुमार थापा, नारायणगढ शाखामा संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराई र बुटवल शाखामा संचालक सुजन अधिकारीको उपस्थिति रहेको संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*