असारदेखि शेयर बजार ६ दिन नै कारोबार हुने, शुक्रवार समय हेरफेर गर्ने तयारी हुँदै

२९ जेष्ठ २०७९, आईतवार १८:०४

काठमाडौं । असार १ गतेदेखि शेयर बजार ६ दिन नै कारोबार हुने भएको छ।  नेप्सेले सरकारले असार १ गतेदेखि आइतवार दिएको सार्वजनिक बिदा हटाउने निर्णय गरेसँगै ६ कारोबार दिन नै बजार सञ्चालन गर्ने तयारी गरेको हो ।

अहिले नै निर्णय भइनसकेको भएपनि प्राविधिक कठिनाइ नहुने अवस्था आए ६ कारोबार दिन नै बजार खुल्ने नेप्सेले तयारी गरिहरहेको जनाएको छ। सार्वजनिक बिदाको दिन र शनिबार बाहेक बजार खुला गर्न बजार सम्बद्ध सबै सरोकारवाला निकायहरु सहमत भएसँगै पुरानै समयमा नै कारोबार हुने भएको हो । कारोबार अवधि भने आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ः ३० बजेसम्म तय गर्ने छलफल भईरहेको सोवेनको छ ।

सरकारले जेठ १ गतेदेखि आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको सो निर्णयको पालना गर्दै त्यस अघि आइतवारदेखि बिहीवारसम्म चार कारोबार दिन सञ्चालन हुँदै आएको बजार जेठ १ गतेपछि सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुँदै आएको हो । आइतवारको सार्वजनिक विदा हट्ने भएसँगै नेप्सेले आइतवारदेखि शुक्रवारसम्म नै बजार खुला गर्ने तयारी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*