मेगा बैंकको शेयर कारोबार रोक्का

३० जेष्ठ २०७९, सोमबार ११:१७

काठमाडौं । मेगा बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार आजदेखि रोक्का गरिदिएको हो ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच जेठ २७ गते एकआपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएसँगै आजदेखि दुवै बैंकको शेयर कारोबार रोक्का भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*