सिवाइसी नेपाल लघुवित्तको शेयर आजदेखि कारोबार, आधा घण्टामै ५० हजार कित्ता माग

३० जेष्ठ २०७९, सोमबार ११:३०

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर आजदेखि कारोबारमा आएको छ । शुक्रबार नेप्सेमा ‘सिवाइसिएल’ सिम्बोलबाट सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।

कम्पनीको शेयरले पहिलो कारोबारका लागि ३८२ रुपैयाँ २० पैसा पाएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर बिक्री गर्नका लागि एक जना पनि बिक्रेता रहेको छैन । तर माग भने ६७६ जनाले ५० हजार ९२८ कित्ताका लागि खरिद माग गरेका छन् ।

नेप्सेले जुन कुनै कम्पनीको पहिलो शेयर कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थको तीनगुणासम्म तोक्ने गर्दछ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ३४४ रुपैयाँ ३६ पैसा रहेको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि न्यूनतम मूल्य ३८२ रुपैयाँ २० पैसा मात्रै तोकिएको कारण बिक्रेता शुन्य र खरिदकर्ता ह्वात्तै बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*