जाल्पा सामुदायिक लुघवित्तद्धारा लेखापरीक्षक नियुक्त

३० जेष्ठ २०७९, सोमबार ११:३८

काठमाडौं । जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को अन्तिम लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकमा एनएस एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स अनामनगर काठमाडौंलाई नियुक्त गरेको हो ।

साथै कम्पनीले उक्त आर्थिक वर्षको लेखापरिक्षण कार्य गरे वापत भ्याट सहित ३ लाख ३९ हजार रुपैयाँ पारिश्रमिक प्रदान गर्ने र लेखापरिक्षणको सिलसिलामा आतेजाते यातायात खर्च, बास खर्च, खाना नास्ता खर्च यर्थात बिलको आधारमा भुक्तानी हुने जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*