नेपाल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

३० जेष्ठ २०७९, सोमबार १७:२१

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा सोमवारका दिन नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, भृकुटिमण्डप काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले गत आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको बासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर समेत छलफल गरी पारित गरेको छ ।

यसबाहेक कम्पनीको अधिकृत पूँजी २ अर्ब बाट २.६ अर्ब पुराउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को क मा भएको अधिकृत पूँजी सम्बन्धी ब्यवस्था संशोधन गर्न सो सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, संचालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण शेयरधनी समूहबाट २ जना संचालक उक्त सभाबाट निर्वाचित भएका छन् ।

कम्पनीले सभा प्रयोजन र लाभांश वितरणका लागि जेठ १७ गते देखि जेठ ३० गतेसम्म बुक क्लोज गरेको हुदाँ जेठ १६ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको प्रस्तावित लाभांश पाएका छन् ।

कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न तथा देशका ग्रामिणस्तरसम्म बीमाको पहुँच पु¥याउन प्रधान कार्यालय सहित देशका विभिन्न क्षेत्रहरुमा ५९ वटा शाखा कार्यालयहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको थप शाखा संजाललाई बिस्तार गरि देशको ग्रामिण स्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पु¥याउने अठोटका साथ नियमनकारी निकायहरुको निर्देशन तथा बीमकको संस्थागत सुशासनहरुको पालन गरि लक्ष्य अनुसार नै अगाडी बढि रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*