नेप्सेमा थप १० लाख ६१ हजार कित्ता बोनस शेयर सूचीकृत

३० जेष्ठ २०७९, सोमबार १४:४६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको २१.४८७६ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो ।

सो प्रतिशत दरका १० लाख ६१ हजार २२४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*