नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का

३० जेष्ठ २०७९, सोमबार १३:४१

काठमाडौं । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सेयर कारोबार रोक्का भएको छ ।दुवै बैंक जेठ २७ गते मर्जमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेप्सेले सो कम्पनीको सेयर कारोबार आजदेखि रोक्का गरेको हो ।

मर्ज पछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ ।हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*