कमर्सियल बैंकहरुमा लगानीकर्ताको आकर्षण, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

३० जेष्ठ २०७९, सोमबार १५:०७

काठमाडौं । सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । शेयरलगानीकर्ताका विभिन्न १० वटा संघ संगठनले घट्दो पुँजीबजारको अवस्थालाई लिएर संयुक्त रुपमा वक्तब्य निकाल्दै आन्दोलनमा समेत उत्रिएका छन् ।

आज नेप्से परिसूचक १५ अंकले घटेर कारोबार समेत लभगभ एक अर्बमा सीमित हुन पुगेको छ । पुँजीबजारमा सूचीकृत कम्पनीहरु भटाभट मर्जरमा जाने प्रक्रिया अघि बढेसँगै नेप्सेले सो कम्पनीहरुको शेयर कारोबार समेत रोक्का गरिदिएको छ । यसकारण पछिल्लो समय शेयरबजारमा कारोबार खासै उत्साह देखिएको छैन ।

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँको कारोबार भएको छ ।

आज शेयरबजारमा धेरैजसो वाणिज्य बैंकहरुको शेयर खरिदबिक्री भएको छ । बैंकहरुको शेयरमूल्य लगभग आइपीओकै मूल्यमा पाइन थालेपछि लगानीकर्ताहरु बैंकको शेयर किन्न झुम्मिएका हुन् ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक सानिमा बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ९ करोड १ लाख ६१ हजार ५७४ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, उपकार लघुवित्तको ५ करोड ६३ लाख, सिभिल बैंकको ५ करोड ३७ लाख, बैंक अफ काठमाण्डूको ४ करोड ६९ लाख र सेन्चुरी कमसिर्यल बैंकको २ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*