दोहोरो अंकले घट्यो शेयरबजार, १३ उपसूचक राताम्य हुँदा भएन एक अर्बको पनि कारोबार

३० जेष्ठ २०७९, सोमबार १५:१८

काठमाडौं । सोमबार शेयरबजारमा १५.८२ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । शेयरलगानीकर्ताका विभिन्न १० वटा संघ संगठनले घट्दो पुँजीबजारको अवस्थालाई लिएर संयुक्त रुपमा वक्तब्य निकाल्दै आन्दोलनमा समेत उत्रिएका छन् ।

लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाउँदै आन्दोलन सुरु गरेका थिए । आन्दोलनमा उत्रिएपनि लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा पुँजीबजारको अवस्था झनै खस्किँदै गइरहेको छ । नेप्से परिसूचक आज दोहोरो अंकले घटेर २ं०३२ को विन्दुमा पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक आज बीमा कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ । जीवन बीमा सूचकको आज १४० रुपैयाँ ८४ पैसाले घटेको छ भने निर्जिबन बीमा सूचकको १०२ रुपैयाँ १९ पैसाले घट्न पुगेको छ । त्यस्तै, होटल तथा पर्यटन समूहेको ३५.९५ रुपैयाँ, बैकिङ्गको ११.२ रुपैयाँ, हाइड्रोपावरको ५.२२ रुपैयाँले घट्न पुगेको छ ।

आज नेप्से परिसूचक १५ अंकले घटेर कारोबार समेत लभगभ एक अर्बमा सीमित हुन पुगेको छ । पुँजीबजारमा सूचीकृत कम्पनीहरु भटाभट मर्जरमा जाने प्रक्रिया अघि बढेसँगै नेप्सेले सो कम्पनीहरुको शेयर कारोबार समेत रोक्का गरिदिएको छ । यसकारण पछिल्लो समय शेयरबजारमा कारोबार खासै उत्साह देखिएको छैन ।

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*