विन नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

३१ जेष्ठ २०७९, मंगलवार ०५:५२

काठमाडौं । विन नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको उक्त सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्ने भएको छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै बोनस वितरणपछि कायम हुने चुक्तापुँजीको आधारमा एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत सोही सभाले पारित गर्नेछ ।यसबाहेक उक्त सभाले अन्य कोही लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्ने खख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत रहेको छ ।

साथै आर्थिक वर्ष २०७७।०७८ को सातौं वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह, लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, संचालक समितिमा संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचन गर्ने र आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) जेठ १८ गतदेखि जेठ ३१ गतेसम्म तोकेको थियो । यसअनुसार जेठ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावि लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*