लगानीको अवसर : बुधबारदेखि आदर्श लघुवित्तको आइपीओ निष्काशन हुँदै

३० जेष्ठ २०७९, सोमबार १६:५३

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गते बुधबारदेखि सर्वसाधारणहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*