महालक्ष्मी विकास बैंकको ९४० कित्ता संस्थापक शेयर विक्रीमा

३१ जेष्ठ २०७९, मंगलवार ०९:२६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९४० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो ।

उक्त शेयर खरीदका लागि कम्पनीका संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सो शेयर खरीदको लागि बैंकको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाडौंमा निवेदन दिन बैंकले अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अन्य व्याक्तिलाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*