दोर्दी खोला जलविद्युतको आईपीओमा ११ लाख बढीको आवेदन

३० जेष्ठ २०७९, सोमबार १८:३४

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले निष्कासन गरेको आईपीओमा ११ लाख १४ हजार ८०६ जना बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रू। १ अर्ब २९ करोड ३२ लाख ६७ हजार बराबरको १ करोड २९ लाख ३२ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ६ दशमलव ४० गुणा बढी आवेदन परेको हो ।

पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता रू। १०० अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता आईपीओ जेठ १२ गते बाँडफाँट गरिसकेको छ ।

आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी विक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता रू। १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ । यी बाहेक बाँकी २० लाख १९ हजार ८६९ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*