एक्सल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

३१ जेष्ठ २०७९, मंगलवार १०:३७

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापुँजी १० करोड ३० लाख रुपैयाँबाट ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*