प्राइम कमर्सियल बैंकको आजदेखि ५० लाख कित्ता ऋणपत्र विक्री खुला

३१ जेष्ठ २०७९, मंगलवार १०:३५

काठमाडौं । प्राइम कमर्सियल बैंकले आजदेखि रू। ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको ‘१०।१५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री खुला गरेको हो ।

प्रतिकित्ता रू। एक हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये रू। २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र रू। ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

यो ऋणपत्रमा सामूहिक लगानीकोषहरूबाट भने आवेदन प्राप्त नभएको बैंकले जानकारी दिएको छ ।

छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिने यो ऋणपत्र खरीदका लागि सो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलो अवधि असार १४ गतेसम्म विक्री खुला हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*