शिखर इन्स्योरेन्सद्धारा हकप्रद शेयर हितग्राही खातामा जम्मा

३१ जेष्ठ २०७९, मंगलवार ११:१६

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर शेयधरनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले नेप्सेमो सो शेयर सूचीकृत गराई शेयरधनीको खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले गत माघ २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि दश शेयर बराबर तीन शेयर (१०ः३) को अनुपातमा जारी गरिएको हकप्रूद शेयर नेप्से र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत गराई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको जानकारी गराएको हो ।

गत माघ २० गतेसम्म अभौतिकीकरण गराएका उक्त कम्पनीका शेयधरनीहरुको हकप्रद शेयर निजहरुको हितग्राही खातामा नै जम्मा गरिएको कम्पनीले जनाएको छ । साथै सोही मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः शेयरधनीको सम्बन्धित हितग्राही खातामा जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराई उक्त हकप्रद शेयर हितग्राही खातामा प्राप्त गर्न सक्नेछन् ।

साथै सोही मितिपश्चात् धितो बन्धक राखि कर्जा लिएका शेयरधनीहरुको हकप्रद शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र प्राप्त भएपश्चात् मात्र सम्बन्धित हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*