वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक

३१ जेष्ठ २०७९, मंगलवार ११:२५

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि डोकेको छ। आज दिँउसो छलफलको लागि बोलाईएको एक बैंकका सिईओले बीमापोष्टलाई बताए । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले सीईओहरूलाई आज दिउँसो ¥याडिसन होटलमा बैठकको लागि बोलाएको हो । निरीक्षण तथा सुपरीवेक्षणमा भेटिएका कमी कमजोरी तथा कारबाहीबारे वृहत छलफल गर्न समेत बोलाईएको जनाएको छ।

राष्ट्र बैंक स्रोतले समेत सिईओहरुलाई बोलाइएको पुष्टि गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीति, बैंकहरुको सीडी रेसियो र असान्त मसान्तभित्रमा गरिसक्नुपर्ने मर्जर सम्झौतालगायतका विषयमा छलफल गर्न सीईओहरुलाई बोलाइएको बताईएको छ ।

केही दिनअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरुका अध्यक्ष तथा सञ्चालकहरुलाई बोलाएर साढे ३ घन्टा लामो क्लास लिएको थियो। सो क्रममा गभर्नर महाप्रसाद अधिकारीले १–२ वर्ष नाफामा ध्यान नदिन, असारभित्र मर्जरको सम्झौता गरिसक्न र लाभांशका लागि सीईओहरुलाई अनधिकृत दबाब नदिन निर्देशन दिएका थिए।

सोही छलफलमा गभर्नर अधिकारीले आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरुको बिग मर्जरमा दिइँदै आएको १० प्रकारका सहुलियत तथा छुट खारेज हुने घोषणासमेत गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*