सुपर लघुवित्तका उच्च अधिकारीसहित ३ जना पक्राउ

३१ जेष्ठ २०७९, मंगलवार १२:३१

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सहित ३ जना उच्च व्यवस्थापनका कर्मचारी पक्राउ परेका छन् ।

तुलसीपुर–५ दाङमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थामा ऋणमा अनियमितता भएको उजुरीमा दाङ प्रहरीले पक्राउ गरेको हो ।

संस्थाका कामु सिइओ बृद्धिराम चौधरी, तुलसीपुर शाखामा कार्यरत सन्जिव चौधरी र बिजौरी शाखाका प्रमुख यशोदा थापालाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।

फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी भएको आंशका गर्दै २–३ दिन अघि जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा तुलसीपुर दाङ प्रहरी कार्यालयले संस्थाका कामु सिइओ सहित ३ जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*