हकप्रद प्रस्ताव पारित सहित जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, उपयुक्त पार्टनर पाए मर्जरमा जाने

३१ जेष्ठ २०७९, मंगलवार १३:५८

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (जेठ ३१ गते) सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको प्रमुख आतिथ्यतामा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो ।

सोही साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष कुनाल कयालले गत आर्थिक वर्षमा कोभिड–१९ को कारणले गर्दा आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न नसकेपनि आगामी आउने वर्षहरुमा जगेडा कोषको आकारमा सुधार गर्दै कम्पनीको व्यवसाय उत्कृष्ट बनाउँदै खुद सम्पत्ति बढाउँदै लाने प्रतिबद्धता जनाएका छन् ।

साथै बीमा समितिको निर्देशनलाई पालना गर्दै पुँजी बृद्धि गर्न उपयुक्त निर्जिबन बीमा कम्पनी पाएमा मर्जरमा जाने तयारीमा रहेको कम्पनीका अध्यक्ष कयालले बताए ।

उक्त सभाले बीमा समितिको स्वीकृति लिई चुक्तापुँजीको ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यसबाहेक कम्पनीको अधिकृत पुँजी, चुक्तापुँजी र जारी पुँजी बृद्धि गर्ने सम्बन्धमा प्रस्ताव समेत सोही सभाबाट पारित भएको छ ।

साथै आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल भई पारित भएको छ । त्यस्तै, सोही आवको एनएफआरएस बमोजिमको २०७७ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सम्बन्धी र सो विवरण अनुसूचीहरुमाथि छलफल भई पारित भएको छ ।

यस्तै, संचालक समितिबाट नियुक्त गरिएको संचालकहरुको नाम समेत सोही सभाले अनुमोदन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*