शिवम् सिमेन्टसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

३१ जेष्ठ २०७९, मंगलवार १५:०७

काठमाडौं । मंगलबार शेयरबजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय घट्दो पुँजीबजारको अवस्थालाई लिएर शेयर लगानीकर्ताहरु दिनहुँ जसो आन्दोलनरत छन् ।

पुँजीबजार सुधारका लागि नियमक निकायहरुबाट गहकिलो नीति नबन्दा शेयरबजार झनै घट्दै गइरहेको लगानीकर्ताहरुको भनाई छ । असार महिनामा बैंकहरुको ब्याजदर नबढ्ने भनिएतापनि ४।१२ क्यापको नीतिले गर्दा शेयरमार्केटको अवस्था खस्किँदै गएको शेयर विज्ञहरुले बताएका छन् ।

आज नेप्से ३६ अंकले घट्दा सूचीकृत २३२ कम्पनीहरुको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजार घटेसँगै कारोबार रकम पनि खुम्चिँदै गइरहेको छ । सूचीकृत कम्पनीहरु भटाभट मर्जरमा जाने प्रक्रिया सुरु गरेसँगै नेप्सेमा सो कम्पनीहरुको शेयर कारोबार रोक्का रहि कारोबार खुम्चिन पुगेको देखिएको हो ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ४ करोड ६७ लाख १८ हजार १९३ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एसीसी बैंकको ३ करोड ७९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोग ३३ लाख, नबिल बैंकको ३ करोड २० लाख रुपैयाँ र उपकार लघुवित्त वित्तीय संस्थाको २ करोड ८७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*