नेप्से ३६ अंकले घटेर १९ सयको विन्दुमा झर्यो, १३ उपसूचक राताम्य हुँदा बीमा समुहको शेयर सर्वाधिक घट्यो

३१ जेष्ठ २०७९, मंगलवार १५:१९

काठमाडौं । मंगलबार शेयरबजारमा ३६.०७ अंकको गिरावट आएको छ । पछिल्लो समय घट्नेक्रममा रहेको शेयरबजारलाई लिएर लगानीकर्ताहरुको १० संगठनले नियमक निकाय समक्ष ज्ञापनपत्र समेत बुझाएका छन् ।

लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा शेयरबजारको अवस्था झनै खस्किदै गइरहेको छ । पुँजीबजार सुधारका लागि नियमक निकायहरुबाट गहकिलो नीति नबन्दा शेयरबजार झनै घट्दै गइरहेको लगानीकर्ताहरुको भनाई छ । असार महिनामा बैंकहरुको ब्याजदर नबढ्ने भनिएतापनि ४।१२ क्यापको नीतिले गर्दा शेयरमार्केटको अवस्था खस्किँदै गएको शेयर विज्ञहरुले बताएका छन् ।

आज नेप्से ३६ अंकले घटेर इन्डेक्स १९९६ सयको विन्दुमा झरेको छ । सम्भवतः यो पछिल्लो समयको सर्वाधिक तल्लो विन्दु हो । केही विज्ञहरुले शेयरबजार घटेर १८ सयको विन्दु्मा आउने समेत प्रक्ष्येपण गरेका थिए ।

आज नेप्सेमा सूचीकृत २३२ कम्पनीहरुको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । आज पनि बीमा सूचकहरुको शेयर सर्वाधिक घट्न पुगेको छ । निर्जिबन बीमा समूहको २४२ रुपैयाँ ७ पैसाले घट्दा जीवन बीमा समुहको १८६ रुपैयाँ ८८ पैसाले घट्न पुगेको छ ।

त्यस्तै, विकास बैंक समूहको ७६.८२ रुपैयाँ, हाइड्रोपावर समूहको ६६.३३ रुपैयाँ र उत्पादन तथजा प्रशोधन समूहको ६७.६३ रुपैयाँले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*