सेञ्चुरी कमर्सियल बैंक र अलफट काठमाण्डौंबीच सम्झौता

३१ जेष्ठ २०७९, मंगलवार १८:२५

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफट काठमाण्डौं, ठमेल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफट काठमाण्डौं, ठमेलको रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर ज्यूू र एलोफट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन् । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

थप जानकारीका लागि बैंकको वेबसाइट तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*