इन्फिनिटी लघुवित्तको डेढ लाख कित्ता शेयर बिक्रीमा

१ असार २०७९, बुधबार १०:२३

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थाप शेयरधनीले आफ्नो नाममा रहेको १ लाख ५१ हजार ६४५ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट नवलपरासीमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*