एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँड, यसरी हेर्नुस रिजल्ट

१ असार २०७९, बुधबार १०:३८

काठमाडौं । एनआइसी एशिया बैंकको म्युचुअल फण्ड ‘फ्लेक्सी क्याप फण्ड’ को इकाई बाँडफाँड भएको छ । कम्पनीले जेठ १९ गतेदेखि बिक्री खुल्ला गरेको उक्त फण्डको इकाई जेठ ३१ गते बाँडफाँड गरिएको हो ।

बैंकले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई मध्यउे बीज पुँजीवापत कुल निष्काशन गरिएको इकाइको जम्मा १५ प्रतिशत अर्थात १ करोठड ५० लाख इकाई कोष प्रबद्र्धकलाई सुरक्षित राखि न्युनतम ८ करोड ५० लाख इकाई जेठ १९ गतेदेखि छिटोमा जेठ २४ गते र ढिलोमा असार ३ गतेसम्म बिक्री खुल्ला गरेकोमा जेठ २५ गतेसम्ममा नै माग गरेभन्दा बढी इकाई खरिदको लागि आवेदन परेकोले २५ गते नै आवेदन बन्द गरेको थियो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिनेलाई कम्पनीले जेठ ३१ गते सो फण्डको इकाई बाँडफाँड गरेको हो । आवेदकहरुले बाँडफाँड सम्बन्धी विवरण सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेबसाइट https://iporesult.cdsc.com.np/ र बिक्री प्रबन्धकको वेबसाइट https://www.nicasiacapital.com/ मार्फत आफ्नो रिजल्ट हेर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*