एनसीसी बैंकको १४२ रुपैयाँमा २६ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने

१ असार २०७९, बुधबार १०:५२

काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले उक्त शेयरको न्युनतम मूल्य १४२ रुपैयाँ तोकेको छ । यसर्थ आवेदकले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थाप शेयरधनी वा जो कोही व्यक्ति तथा संघ संस्थाले १५ दिनभित्र के कति कित्ता खरिद गर्ने हो सम्पूर्ण विवरण खुलाई १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागबजार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदका लागि आवेदकले आजदेखि बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरका लागि न्यूतनम १००० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*