ग्रीन डेभलपमेन्ट बैंकको कामु सिइओको जिम्मेवारी हरि बहादुर बुढाथोकीलाई

१ असार २०७९, बुधबार ११:१५

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)को जिम्मेवारी हरि बहादुर बुढाथोकीलाई दिइएको छ ।

यसअघि सो पदमा रहेका उमेश कुमार आचार्यको ४ वर्षे कालकाल जेठ ३१ गते समाप्त भएकोले सोही मितिमा बसेको संचालक समितिको बैठकले बैंकका वरिष्ठ प्रबन्धक बुढाथोकीलाई असार १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएको सम्मको लागि कामु कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*