स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१ असार २०७९, बुधबार ११:५९

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन दिएकोमा कम्पनीले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा–५ काभ्रेपलाञ्चोकमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवभित्र शेयरधनीहरुबाट कुनै पनि बोलपत्र पेश नभएको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*