शेयरमूल्य बढेसँगै एनटिसीको शेयर धमाधम बेच्न थाले लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१ असार २०७९, बुधबार १५:०७

कठामाडौं । बुधबार शेयरबजारमा २९ अंकको गिरावट आएको छ । पछिल्लो समय पुँजीबजारको अवस्था खस्किँदै गइरहेको छ । लगानीकर्ताहरुले शेयरबजार सुधारको निमित्त विभिन्न खालका पहल र आवाजहरु उठाएपनि शेयरबजार झनै घट्न पुगेको छ ।

आज पनि शेयरबजार २९ अंकले घटेर १९६६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।

नेप्से घटेसँगै शेयरबजारमा शेयरको मात्रा र कारोबार रकम दुवै खुम्चिन पुगेको छ । शेयरबजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या थपिँदै गएपनि घट्दो बजारको कारण कारोबारमा खासै उत्साह देखिएको छैन । लगानीकर्तारुले नेप्सेमा सूचीकृत कम्पनीहरु भटाभट मर्जरमा जान लागेको कारण पनि आफ्नो लगानी बन्धक हुने डरले शेयर खरिद गर्न डराइरहेका छन् ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकम कम्पनीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १२ करोड ५७ लाख १४ हजार ६४९ रुपैयाँको कारोबार भएको हो । कम्पनीको शेयर आज १.१७ प्रतिशतले बढेसँगै लगानीकर्ताहरुले आफुसँग भएको शेयर भटाभट बेच्न लागेका हुन् ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ५ करोड २८ लाख, बैंक अफ काठमाण्डूको ५ करोड १६ लाख, एनआइसी एशिया बैंकको ४ करोड ४१ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड १० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*