शेयरबजारको ओरालो यात्रा : नेप्से २९ अंकले घटेर १९६६ सयको विन्दुमा

१ असार २०७९, बुधबार १५:१९

काठमाडौं । पछिल्लो समय शेयरबजारको अवस्था खस्किँदै गइरहेको छ । बजेटयता लगातार घटेको शेयरबजार मंगलबार नेप्से इन्डेक्स २ हजार भन्दा तल झरेको थियो । आज पनि नेप्से परिसूचक २९ दशमलव ८९ अंकले घटेर १९६६ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक बीमा समूहको शेयरमूल्य घट्न पुगेको छ । जीवन बीमा समूहको १८९.५८ रुपैयाँले घटेको छ भने निर्जिबन बीमा समूहको १३४.२७ रुपैयाँले घट्न पुगेको छ ।

त्यस्तै, लघुवित्त सूचकको ६६.८ रुपैयाँ, हाइड्रोपावर समूहको ५४.१५ रुपैयाँ र विकास बैंक समूहको ५३.५८ रुपैयाँले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*