महालक्ष्मी विकास बैंक र हेटौडास्थित रिगल हेटौंडा रिसोर्टबिच सम्झौता

१ असार २०७९, बुधबार १६:४९

काठमाडौं । महालक्ष्मी विकास बैंक र हेटौडा ५ स्थित रिगल हेटौंडा रिसोर्टबिच सम्झौता भएको छ। सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्युआर ९स्क्यान पे० महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहक महानुभावहरुले रिसोर्टका सेवामा आकर्षक छुट प्राप्त गर्न सकिन्छ ।

डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*