नेप्सेमा रिभर फल्सको आइपीओ सूचीकरण, ओपनिङ रेन्ज कति ?

१ असार २०७९, बुधबार १६:५८

काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा रिभर फल्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । बुधबार यसको ७० लाख कित्ता सेयर सूचीकरण भएको हो ।

भोलिबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ८७ रुपैयाँ ९८ पैसादेखि अधिकतम २६३ रुपैयाँ ९४ पैसाभित्र रहेर हुनेछ । आरएफपीएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*