ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का

२ असार २०७९, बिहीबार १०:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।
दुवै बैंकबीच असार १ गते मर्जरमा जाने सहमति भएसँगै नेप्सेले आजदेखि दुवैको शेयर कारोबार रोक्का गरिदिएको हो ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको संचालक समितिको असार १ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार दुवै बैंकबीच मर्जर गर्ने निर्णय भएअनुसार असार २ गते दुवै बैंकबीच सहमतिपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो ।

सोही अनुसार नेप्सले आजदेखि दुवैको शेयर रोक्का गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*