रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने, प्रस्ताव पारित गर्न डाक्यो विशेष सभा

२ असार २०७९, बिहीबार ११:००

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड एकआपसमा मर्जरमा जाने भएका छन् । रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्न लागेको हो ।

यी दुवै हाइड्रोपावरबीच असार १ गते मर्जरमा जाने सहमति भएको थियो । दुवै कम्पनीको बसेको संचालक समितिको बैठकले रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने निर्णय निकालेको हो ।

सो मर्जर सम्बन्धि प्रस्ताव पारित गर्न दुवै कम्पनीले असार १७ गते विशेष साधारण सभा आह्वान गरेको छ । सोही सभाबाट प्राप्तिगर्ने प्रस्ताव अनुमोदन भएपश्चात् दुवै कम्पनीको मर्जर प्रक्रिया अघि बढ्नेछ ।

रैराङ हाइड्रोपावरको चुक्तापुँजी ५६ करोड रुपैयाँ रहेको छ भने रिडी हाइड्रोपावरको चुक्तापुँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ । रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गरेपछि बन्ने कम्पनीको चुक्तापुँजी १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।

 

ridi-nepsea

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*