सिटिजन्स बैंकको १६३ रुपैयाँमा अढाई लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

२ असार २०७९, बिहीबार ११:४५

काठमाडौ । सिटिजन्स बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ६६ हजार ९९९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्युनतम मूल्य १६३ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनी वा अन्य व्यक्ति तथा सघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन दिदा न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि माग गर्न सकिनेछ । इच्छुक आवेदकले असार २ गतेदेखि असार १६ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*