साताको ६ दिन शेयरबजार संचालन हुने नेप्सेको औपचारिक घोषणा

२ असार २०७९, बिहीबार १२:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको ६ दिन नेप्से कारोबार हुने औपचारिक घोषणा गरेको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आइतबार देखि शुक्रबारसम्म शेयरबजार कारोबार संचाालन हुने जनाएको हो ।

यसअघि नेपाल सरकारले जेठदेखि लागुहुनेगरी आइतबार सार्वजनिक विदा गर्ने घोषणा गरेकोमा सो निर्देशनलाई पालना गर्दै नेपाल धितोपत्र बोर्डले समेत शेयर कारोबार आइतबार बन्द गरी शुक्रबार संचालन गर्ने निर्णय गरेको थियो ।

सरकारले सो आइतबारको सार्वजनिक विदालाई असारदेखि लागू हुनेगरी खारेज गरेसँगै धितोपत्र बोर्डले पनि आइतबार पुनः कारोबार संचालन गरी शेयरलगानीकर्ताहरुको मागलाई सम्बोधन गर्दै शुक्रबार समेत शेयरबजार कारोबार संचालन गर्ने निर्णय गरेको हो । यसअघि नेप्से शुक्रबार बन्द रहने गर्दथ्यो ।

नेप्सेको संचालक समितिको जेठ २५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार असार १ गतेदेखि लागूहुनेगरी धितोपत्र दोस्रो बजार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म संचालन हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*