प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता ३५० रुपैयाँमा जो कोहीले आवेदन दिन पाइने

२ असार २०७९, बिहीबार १२:३१

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीका संस्थापक शेयरधनीहरले आफ्नो नाममा रहेको ५ लाख ३८ हजार ९६५ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले सो शेयरको न्युनतम मूल्य ३५० रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले उक्त शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र बोलपत्र पेश आह्वान गरेकोमो सो अवधिभित्र शेयरधनीहरुबाट बोलपत्र पेश नभएकोमा कम्पनीले अन्य ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनी वा अन्य व्यक्ति तथा संघसंस्थाहरुले असार ८ गतेसम्म आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल वा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल बबरमल, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*