नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत

२ असार २०७९, बिहीबार १४:४३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका १६ लाख ८० हजार कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*