बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुँदै, १७ लाख बढीको हात खाली हुने

२ असार २०७९, बिहीबार १४:५४

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ भोलि बाँडफाँड गरिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार आइपीओ भोलि दिउँसो ३ बजेपछि क्यापिटलकै कार्यालयमा बाँडफाँड गरिनेछ ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म अंकित मूल्य १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

जेठ २५ गतेसम्म १८ लाख ४८ हजार ७ सय १ जनाले आवेदन दिएका थिए । जुन माग गरिएको भन्दा १६.०९७ गुणा धेरै आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण हुनेछ । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २ सय १ जनाको भने हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*